प्रधानमन्त्रीसँग शिक्षक महासंघको वार्ता, सडक नछाड्ने अडानसहित फर्किए टोली

एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा अन्योलमा

काठमाडाैं | बैशाख ६, २०८२

प्रधानमन्त्रीसँग शिक्षक महासंघको वार्ता, सडक नछाड्ने अडानसहित फर्किए टोली

काठमाडौं  नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ।

 

विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले हालसम्म आन्दोलन नछाड्ने अडान दोहोर्‍याउँदै आएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति बालुवाटारमा भएको छलफलमा पनि तत्काल समाधानको बाटो खुलेको छैन।

 

छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।

 

प्रधानमन्त्री ओलीले यसअघि चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षक आन्दोलन सम्बोधनका लागि संवाद र गृहकार्य गर्न निर्देशन दिएका थिए।

 

सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।

 

सोही निर्णय अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने तयारी समेत गरिएको थियो।

 

यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसले गर्दा विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्